राष्ट्रिय युवा संघको अध्यक्षमा थेवे सर्वसम्मत चयन


 


काठमाडौं, चैत्र ३०
नेकपा एमालेको युवा भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको नयाँ नेतृत्व घोषणा भएको छ । अध्यक्षमा क्षितिज थेवे र महासचिवमा सुमन पुरी चयन भएका छन् ।

सहमतिका लागि विधान संशोधन गरेर ३ उपाध्यक्षलाई बढाएर ७ जना बनाइएको छ भने सचिवको संख्या घटाइएको छ ।

उपाध्यक्षमा अमित लामा, पुष्प श्रेष्ठ, कृष्णहरी केसी, महाराज गुरुङ, सीता सुवेदी, रमेश तिवारी र प्रकाश गौतम चयन भएका छन् ।

उप महासचिवमा महेन्द्र गुरुङ र राजन थापा, सचिवमा विनय शाह, खेम शर्मा, जय गुरुङ, मोबिन आलम, अनिता कन्दङ्वा, देवानन्द मेहता, बिष्णा चन्द, पर्वत भण्डारी र कुबेर अधिकारी चयन भएका छन् ।

कोषाध्यक्षमा राकेश राई, लेखा आयोग प्रमुखमा सन्तोष चौलागाई, उपप्रमुखमा नानीराम तिवारी, सचिवमा प्रवीन चयन भएका निर्वाचन अधिकृत अधिवक्ता विकास आचार्यले जानकारी दिए ।

अनुशासन आयोग प्रमुखमा राकेश लामा, उपप्रमुखमा दिपेश खड्का र सचिवमा राजन नेपाली, निर्वाचन आयोगमा बलराम बेलबासे प्रमुख, बाबु छतकुली उपप्रमुख र गोकर्ण नेपाली सचिव चयन भएका छन् ।

प्रकाशित मिति: ३० चैत्र २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्