न्युजिल्याण्डमा फेरि शक्तिशाली भूकम्प, दुईको मृत्यु, विस्तृत विवरण आउन बाँकी



neww

एजेन्सी ।
न्युजिल्याण्डमा फेरि शक्तिशाली भूकम्प गएको छ ।

न्युजिल्याण्डको दक्षिणी आइल्याण्ड केन्द्रविन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको अन्तर्राष्ट्रि सञ्चारमाध्यमले जनाएका छन् ।

भूकम्पमा परि दुईजनाको ज्यान गएको छ । भूकम्पको धक्का राजधानी वेलिङटनसहित आसपासमा महसुस गरिएको छ ।

भूकम्पका कारण भवन भत्किएका छन् भने बाटो चिरा परेको छ ।

newjland

मानिसहरु खुला चौरमा बसेका छन् ।

newjiland

तर विस्तृत विवरण भने आउन सकेको छैन । भूकम्पमा परेर ज्यान गुमाउनेको सँख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

भूकम्प गएको दुई घण्टापछि साढे दुई मिटर अग्लो सुनामी छाल पनि आएको थियो ।

भूकम्प प्रभावित क्षेत्रमा हेलिकप्टर मार्फत उद्धार तथा राहत साम्रगी पुर्याइएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News