संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना


 


काठमाडौं, वैशाख २२
संखुवासभामा हेलिकप्टर दुर्घटनामा परेको छ । *माथिल्लो अरुणको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले भोटखोला गाउँपालिका वडा नम्बर ४ को सिप्रुङमा हेलिकप्टर दुर्घटना भएको जानकारी स्थानीयले दिएको तर विस्तृत विवरण नआएको बताए ।

‘घटनास्थलमा प्रहरीको टोली पठाइएको छ, प्रहरीको टोली त्यसतर्फ प्रस्थान गरिसकेको छ,’ कार्कीले भने ।

सो हेलिकोप्टरले हाइड्रोपावरको माटो, ढुंगा तथा कंक्रिट प्रयोगशालाका लागि आवश्यक सामान गोला भन्ने स्थानबाट ओसारिरहेको थियो । त्यसका लागि आयोजनाले सिम्रिक एयरसँग सम्झौता नै गरेको थियो ।

प्रकाशित मिति: २२ बैशाख २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्