एएफसी सोलिडारिटी कपको फाइनलमा नेपाल र मकाउ भिड्दै


 


काठमाडौं, कात्तिक ३०
मलेसियामा जारी एएफसी सोलिडारिटी कपको उपाधिका लागि नेपाल र मकाउबीच खेल हँदैछ ।
मलेसियाको सारावाक रंगशालमा मंगलबार बेलुका नेपाली समय अनुसार बेलुका सवा ५ बजे सुरु हुनेछ ।

फाइनलमा मकाउविरुद्ध मैदान उत्रदा नेपाली टोलीमा खेलाडी परिवर्तन गर्ने सम्भावना भने न्युन रहेको छ ।

नेपाल सेमिफाइनलमा लाओसलाई हराउँदै फाइनलमा पुगेको हो । भने मकाउ ब्रुनाईलाई हराउँदै फाइनलमा पुगेको हो ।

प्रकाशित मिति: ३० कार्तिक २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्