भैरहवाबाट काठमाडौं उडेको श्री एयरलाइन्सको जहाजमा समस्या, भैरहवा विमानस्थलमै अवतरण


 


भैरहवा, वैशाख २५
भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको विमानमा समस्या देखिएपछि पुन: भैरहवा नै फर्काइएको छ ।

जहाजमा समस्या देखिएपछि भैरहवा नै फर्काएर अवतरण गरिएको हो ।

सोमबार बिहान ९:४० बजे भैरहवाबाट काठमाडौँतर्फ उडेको एसएचए ८२२ नम्बरको विमानमा समस्या देखिएको थियो ।

जहाज ‘इन्डिकेटर’ले विमानमा ‘खराबी’ देखाएकोले बीचबाटै फर्किएको हो । भैरहवाबाट ७ः५५ मा उड्नुपर्ने उक्त जहाज ढिलोगरी ९:४० बजेमात्र उडेको थियो।

जहाज करिब २० मिनेट आकाशमा उडेपछि भैरहवा विमानस्थलमै फर्किएर ल्याण्ड गरेको हो।

प्रकाशित मिति: २५ बैशाख २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्