सुदूरपश्चिममा सरकार विस्तारको गृहकार्य, भागबण्डामा सकस



धनगढी । सुदूरपश्चिम प्रदेश सरकार विस्तार गर्ने गृहकार्य सुरु भएको छ । मुख्यमन्त्री कमल बहादुर शाहले नेतृत्व सम्हालेको ३ महिनापछि सरकार विस्तारको गृहकार्य सुरु गरेका हुन् । एक÷दुई दिनमै सरकारले पूर्णता पाउने नेपाली कांग्रेसका सांसद प्रकाश बमले बताए । दलहरुबीच भागबण्डामा कुरा नमिल्दा सरकार विस्तारमा ढिलाई भएको उनको भनाइ छ ।

सरकार विस्तारको गृहकार्य सुरु हुँदा नेकपा माओबादी केन्द्रले तीन, नागरिक उन्मुक्तिले दुई र एकीकृत समाजबादीले थप एक मन्त्रालय मागेको छ । प्रधानमन्त्रीसँग सहमति भएको भन्दै नागरिक उन्मुक्ति दुई मन्त्रालय पाउनुपर्नेमा अडिग छ । नागरिक उन्मुक्तिबाट रामेश्वर चौधरी र लक्ष्मण किशोर चौधरी मन्त्री बन्ने लाइनमा देखिएका छन् ।

माओवादी केन्द्रले पनि मन्त्रालय भागबण्डामा कांग्रेसले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने बताए । माओवादीबाट मन्त्री बन्ने लाइनमा रमेश धामी, अक्कल रावल, ओम बिक्रम भाट, शिव ओली, लक्ष्मी बिक छन् ।

सरकारको नेतृत्व गरेको कांग्रेसले मुख्यमन्त्री र भौतिक पूर्वाधार विकास मन्त्रालय लिएको छ भने थप एक मन्त्रालयमा पाउनुपर्ने दाबी छ । आर्थिक मामिला मन्त्रालय पाएको नेकपा (एकीकृत समाजवादी) पार्टीले पनि थप एक मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News