नेकपा (एकीकृत समाजवादी) कैलालीद्वारा भ्रष्टचारविरुद्ध प्रर्दशन


 


धनगढी । नेपाल कम्युनिष्ट पाटी (एकीकृत समाजवादी) कैलालीले आज (बिहीबार) धनगढीमा भ्रस्टाचार विरुद्ध प्रर्दशन गरेको छ । प्रदेशको अस्थायी मुकाम धनगढीको एलएन चोकबाट शुरु भएको प्रर्दशन जिल्ला प्रशासन कैलालीको गेटमा नारावाजी गर्दै कोणसभामा परिणत भएको थियो ।

नेपालीलाई भुटानी शरणार्थी बनाई भ्रस्टाचार गर्ने गिरोहलाई कानूनी दायरामा ल्याउन माग गर्दै प्रर्दशन गरिएको जिल्ला अध्यक्ष विमल जोशीले बताए ।
सरकारले भ्रस्टाचार काण्डमा ठूला भिआईपीहरुलाई पक्राउ गरेको काम स्वागत योग्य भएको भन्दै त्यो प्रकरणमा नाम जोडिएका अन्यलाई पनि कानूनी दायरामा ल्याउन पर्ने जोशीले बताए ।

प्रर्दशनमा पार्टीका केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज दीर्घ सोडारी, केन्द्रीय सदस्य लक्ष्मी चौधरी, गिता सोडारी, शुसीला बुढाथोकी, कैलालीका सहसचिव दीर्घ जोशी, युवा संघका केन्द्रीय कार्यालय प्रमुख नरेश गिरीलगायतका नेता कार्यकताहरुको सहभागिता थियो ।

प्रकाशित मिति: २८ बैशाख २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्