एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै, प्रतिवेदनमाथि समूहगत छलफल हुने


 


काठमाडौं, वैशाख २९
नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आजदेखि पेस भएका प्रतिवेदनमाथि समूहगत छलफल हुने भएको छ ।

बिहीबारबाट सुरु केन्द्रीय कमिटीको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन तथा चार निकाय र दुई गैरभौगोलिकसहित नौ प्रदेश कमिटीले मिसन ग्रासरुट अभियान सम्बन्धी प्रतिवेदन पेस गरेका थिए ।

बाँकी रहेका प्रतिवेदन आज नै प्रस्तुत गरिनेछ । प्रतिवेदन प्रस्तुत भएपछि समूह बनाएर छलफल गरिने एमालेले जनाएको छ ।

समूहगत छलफलपछि प्रदेश अध्यक्षहरूले निष्कर्षका रूपमा सुझाव प्रस्तुत गर्नेछन् । प्रतिवेदनहरुमाथि बिहान ८ देखि १२ बजेसम्म आठ समूहमा छलफल गर्ने कार्यतालिका बनाइएको छ ।

प्रकाशित मिति: २९ बैशाख २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्