बिचौलियाको हातमा कसरी पुग्यो प्रतिवेदन ?


 


काठमाडौं, वैशाख २९
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर तेस्रो देश लैजाने गिरोहका बारेमा अनुसन्धान गरिरहेको नेपाल प्रहरीले नयाँ नयाँ तथ्य उजागर गर्न थालेको छ ।

पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकतवमा गठित कार्यदलले तयार पारेर मन्त्रालयलाई बुझाएको प्रतिवेदन बिचौलियाको हातमा कसरी पुग्यो भन्ने विषयमा प्रहरीले अनुसन्धानलाई तीव्र बनाएको छ ।

मन्त्रालयबाट सो प्रतिवेदन बिचौलियाको हातमा पुर्‍याउन सहयोग पुर्‍याउने विभिन्न पक्ष र व्यक्तिको बारेमा प्रहरीले अनुसन्धान थालेको हो ।

२०७६ कार्तिक १ गते पन्थी कार्यदलले तत्कालीन गृहमन्त्री रामबहादुर थापा (बादल) लाई प्रतिवेदन बुझाएको थियो । त्यसरी बुझाइएको प्रतिवेदन मन्त्रीले प्रशासनिक नेतृत्वलाई हस्तान्तरण गरेका थिए । त्यसपछि सो प्रतिवेदन मन्त्रालयमा नै राखिएको थियो ।

प्रकाशित मिति: २९ बैशाख २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्