क्याम्पस वरिपरी विज्ञापन सामग्री बाँड्ने ६१ जनालाई गर्‍यो कारबाही



काठमाडौं, वैशाख २९ । काठमाडौँ महानगरपालिकाले शुक्रबार क्याम्पस र कलेज वरिपरि विज्ञापनजन्य सामग्री बाँड्दै हिँड्ने ६१ जनालाई कारबाही गरेको छ ।

कान्जीरोवा कलेजबाट २, चण्डेश्वरी स्कुलबाट ४, प्रिमियर स्कुलबाट ७, रत्नराज्य स्कुलबाट २, ग्लोबल कलेजबाट ३, टेक्सास कलेजबाट २, पशुपति क्याम्पस चावहिलबाट ४, पशुपति कलेज मित्रपार्क ४ र जेभियर इन्टरनेशनल कलेजबाट १३ जनालाई पक्राउ गरेको हो ।

पटकपटक विज्ञापनजन्य सामग्री क्याम्पस आसपासमा बाँड्दै नहिँड्न सूचना गरे पनि अटेर गरेपछि कारबाही थालेको महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले बताए। उनले महानगर क्षेत्रभित्र पर्चा, पोस्टर लगायतका विज्ञापनजन्य सामग्री नबाँड्नरनराख्न सूचना जारी गरे पनि नटेरेपछि कारबाही प्रक्रिया अघि बढाएको जानकारी दिए । उनका अनुसार पहिलोपटक कारबाही गर्दा संलग्न संस्थाहरूलाई ५ हजार रुपैयाँ जरिबाना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News