दुर्गा प्रसाईंको दाबी : नेताहरुले देश बेचिसके, अब अमेरिकी सेना आउँदैछ


 


काठमाडौं, वैशाख ३० । व्यवसायी दुर्गा प्रसाईंले नेताहरुले देश बेचिसकेकाले अब चाँडै नेपालमा अमेरिकी सेना आउन लागेको दाबी गरेका छन् ।
शनिवार काठमाडौँको पेरिसडाँडामा पत्रकार सम्मेलन गरी उनले नेताहरूले देश बेचेको पैसा दुबै लगायतका देशहरुमा पुर्याइसकेको बताए । ‘नेताहरुले देश बेचिसकेका छन्, देश बेचेको पैसा दुबई लगायतका विभिन्न मुलुकमा आफ्ना कर्मचारीहरूको नाममा ट्रान्सफर गरेका छन्,’ उनले भने ।

उनले देश बेचिसकेकाले अब चाँडे अमेरिकी सेना पनि आउन लागेको दाबी गरे । उनले नेपालका बैंकहरुले ३३ किलो सुनको पैसा दुबईको एस्कोडा ट्रेडिङ कन्सर्ट भन्ने कम्पनीमा वैधानिक रूपमा पठाएको प्रमाण आफूसँग रहेको समेत बताए। उनले नेतालबाट ३२ खर्ब रुपैयाँ पलायन भएको दाबी गरे ।

साथै संघीयता खारेज गर्नुपर्छ भन्ने आफ्नो मागमा पनि अहिले एमाले पनि आएको भन्दै उनले आफू सय कदम अघि रहेछ बताए ।

प्रकाशित मिति: ३० बैशाख २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्