नक्कली शरणार्थी प्रकरण : मुख्यमन्त्री चौधरीले दिए यस्तो प्रष्टीकरण


 


काठमाडौं, वैशाख ३१ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नभएको भन्दै स्प्रष्टीकरण दिएका छन् ।

पूर्वगृहमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाण र सन्देश शर्मा रेग्मी पक्राउ परेपछि चौधरीको कनेक्सन जोडिएको भन्दै केही मिडियामा समाचार सार्वजनिक भएपछि मुख्यमन्त्री चौधरीको सचिवालयले विज्ञप्तिमार्फत प्रष्टीकरण दिएको हो । शनिबार चौधरी आफैँ गृहजिल्ला पुगेर यो विषयमा आफ्नो कुनै संलग्नता नभएको बताएका थिए ।

‘मेरो नाम विभिन्न सञ्चारमाध्यममा आएको प्रति गम्भीर ध्यानाकर्षण भएको छ, पत्रकारितामा समाचार लेख्दा केही आधार र प्रमाण त चाहिन्छ होला नि, त्यसै चरित्रहत्या गर्न त पत्रकारिताको धर्म होइन नि’, प्रेस युनियन दाङको अधिवेशनमा चौधरीले हिजो भनेका थिए ।

यस्तो छ चौधरीको प्रष्टीकरण

प्रकाशित मिति: ३१ बैशाख २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्