२६ औँ पटक सगरमाथा आरोहण गर्ने दोस्रो व्यक्ति बने पासाङ, कामिरिता अर्को रेकर्ड राख्दै


 


काठमाडौं, वैशाख ३१ । पासाङ दावा शेर्पा विश्वको सर्वोच्च शिखर सगरमाथाको २६ औँ पटक सफलतापूर्वक आरोहण गर्ने दोस्रो व्यक्ति बनेका छन् । ४६ वर्षीय शेर्पाले कामिरिता शेर्पाको कीर्तिमान बराबरी गरेको पर्यटन विभागका अधिकारी विज्ञान कोइरालालाई उद्धृत गर्दै रोयर्टसले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

उता कामी रिता शेर्पा पनि सगरमाथा आरोहणका क्रममा रहेकाले उनले नयाँ कीर्तिमान बनाउने सम्भावना रहेको छ । पासाङ दावाले हंगेरीका क्लाइन्टसँग सगरमाथा आरोहण गरेको उनको कम्पनी इम्याजिन नेपाल ट्रेक्सले जनाएको छ ।

नेपालले यो वर्ष सगरमाथा आरोहणका लागि ४६७ जना पयर्टकहरुलाई अनुमति पत्र जारी गरेको छ । सन् १९५३ मा सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गेले पहिलो पटक आरोहण गरेपछि सगरमाथा ११ हजारभन्दा बढी पटक आरोहण गरिसकिएको छ ।

सगरमाथा आरोहणका क्रममा यसक्रममा कम्तीमा ३२० जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति: ३१ बैशाख २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्