सबै भ्रष्टाचारका फाइल खोल्न माग राख्दै विराटनगरमा अर्धनग्न प्रदर्शन


 


विराटनगर, वैशाख ३१ । विराटनगरमा भ्रष्टाचारका काण्डहरूको फाइल खोल्न माग गर्दै सामाजिक अभियन्ताहरूले अर्धनग्न भएर प्रदर्शन गरेका छन् ।

२०४६ सालयता सार्वजनिक भएका सबै भ्रष्टाचारका काण्डहरूको फाइल खोल्न माग गर्दै उनीहरुले अर्धनग्न भएर प्रदर्शन गरेका हुन् ।

विराटनगरको ट्राफिक चोकमा भएको प्रदर्शनमा सहभागीहरूले करोडौंको बंगला र घडेरी कसले किनिदियो ? लाखौंको गाडी कसले किनिदियो ? लगायतका प्लेकार्ड बोकेका थिए ।

प्रदर्शनमा सहभागीहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमात्रै होइन अहिलेसम्मका सबै भ्रष्टाचारका फाइलहरू खोलिनुपर्ने माग राखे ।

विराटनगरको ट्राफिक चोकमा दिनहुँ विभिन्न समूहले भ्रष्टाचारीलाई कारबाहीको माग राख्दै प्रदर्शन गरिरहेका छन् । प्रदर्शनमा नेपाली नेपाली कांग्रेस शेखर समूहका नेता तथा कार्यकर्ताहरूको समेत उल्लेख्य सहभागिता हुने गरेको छ ।

विराटनगरमा भ्रष्टाचारविरुद्धको आन्दोलनको सुरुवात र संयोजन भने कोशी प्रदेशका पूर्व सांसद सुयर्माराज राईले गरेका थिए ।

प्रकाशित मिति: ३१ बैशाख २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्