नेपाली च्याम्पियन टाेलीलार्इ सरकारले जनही ३ लाख दिने


 


champions-nepalकाठमाडाैं, कार्तिक ३०

सरकारले एएफसी सोलिडारिटी कप च्याम्पियन नेपाली टोलीका सदस्यहरुलाई जनही ३ लाख रुपैयाँ दिने भएको छ । मंगलबार भएको फाइनलमा नेपालले मकाउलाई १-० ले पराजित गर्दै उपाधि जितेको थियो ।

मंगलबार साँझ नै प्रधानमन्त्री प्रचण्डले युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाइलीलाई टेलिफोन गरेर खेलाडीहरुलाई नगद पुरस्कारको व्यवस्था गर्न भनेका छन् ।

स्वकीय सचिव मनहरि तिमल्सिनाका अनुसार प्रधानमन्त्री प्रचण्डले खेलाडीहरुलाई जनही ३ लाख दिन भनेका छन् । जवाफमा खेलकुद मन्त्री श्रीपाइलीले च्याम्पियन टोलीका सदस्यहरुलाई जनही ३ लाख पुरस्कार दिने व्यवस्था गरिने बताएका छन् ।

प्रकाशित मिति: ३० कार्तिक २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्