प्रहरीमा आत्मसमर्पण गरेका आङटावा लडेर घाइते, टाउकोमा लागे ९ टाँका


 


काठमाडौं, जेठ २ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका आङटावा शेर्पा हिरासतको शौचालयमा लडेर घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको हो ।

प्रहरीले उपचारका लागि ट्रमा सेन्टरमा लिएका शेर्पाको टाउँको ९ टाँका लगाइएको छ । हाल उनको अवस्थामा सामान्य रहेको र उपचारपछि जिल्ला प्रहरी प्रहरी परिसर टेकुमै ल्याइएको जानकारी एसपी सीताराम रिजालले दिए ।

शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता तथा सांसद टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत १२ जना पक्राउ परिसकेका छन् । उ्रहरीले उनीहरुमाथि अनुसन्धना गरिरहेको छ ।

प्रकाशित मिति: २ जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्