कामीरिताले तोडे आफ्नै कीर्तिमान, २७ औं पटक सगरमाथा शिखरमा


 


काठमाडौं, जेठ ३ । कीर्तिमानी आरोही कामीरिता शेर्पाले आफ्नै कीर्तिमान तोड्दै २७ औं पटक सगरमाथाको चुचुरोमा पुगेका छन् ।

शेर्पा आज (बुधबार) बिहान साढे ८ बजे २७ औं पटक सगरमाथाको चुचुरोमा पुगेका सेभेन समिट ट्रेक्सका म्यानेजर थानेश्वर गुरगाईँले जानकारी दिए । उनले यसअघि २६ पटक सगरमाथाको सफल आरोहण गरिसकेका थिए ।

आप्पा शेर्पा र फुर्वाटासी शेर्पाले २१ पटक सगरमाथा आरोहण गरेका छन् । उनीहरु दुवैले पर्वतारोहणबाट यसअघि नै सन्यास लिइसकेका छन् । सोलुखुम्बुको थामे गाउँमा जन्मिएका शेर्पा १३ मे १९९४ मा पहिलो पटक सगरमाथा चुचुरो चुमेका थिए ।

प्रकाशित मिति: ३ जेष्ठ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्