डिल्लीबजार कारागारमा बस्यो नागरिक उन्मुक्तिको बैठक, के गर्ला निर्णय ?



काठमाडौं, जेठ ३ । नागरिक उन्मुक्ति पार्टीको पदाधिकारी बैठक डिल्लीबजार कारागारमा बसेको छ ।

कैलालीको टिकापुरमा २०७२ सालमा भएको हिंसात्मक घटनाका प्रतिवादी रेशमलाल चौधरीलाई सफाइ दिन सर्वोच्च अदालतले अस्वीकार गरेपछि नागरिक उन्मुक्ति पार्टीले पदाधिकारी बैठक बोलाएको हो ।

सत्ता साझेदारी दलको रूपमा रहेको नागरिक उन्मुक्ति सरकारमा रहने कि नरहने भन्ने विषयमा छलफल गर्न बैठक बसिरहेको सङ्गठन विभागका प्रमुख लक्ष्मणकिशोर चौधरीले बताए । उनले सरकारसंग भएको रेशम चौधरीको रिहाको सर्त पूरा नभएपछि अब सरकारमा बस्ने वा नबस्ने भन्ने विषयमा निर्णय गर्न बैठक बसेको बताए ।

नागरिक उन्मुक्तिले रेशमको रिहाई गर्नुपर्ने सम्झौता गर्दै सरकारमा सहभागी भएको थियो । तर मंगलबार सर्वोच्चले उच्च अदालत दिपायलले गरेको जन्मकैदको फैसलालाई नै सदर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News