पशुपतिमा विद्युतीय शवदाह गृह तत्काल निःशुल्क नहुने



काठमाडौं, जेठ ३ । पशुपतिमा रहेको विद्युतीय शवदाह गृहमा तत्कालै निःशुल्क शव जलाउन नमिल्ने भएको छ ।

वैशाख २४ गते बसेको मन्त्रालय र कोष सञ्चालक परिषद्को बैठकले मेसिन थप्ने मेसिनमा शवदाह गर्दा शुल्क नलाग्ने बनाउने निर्णयको थियो । बैठकले निर्णय गरेपनि तत्काल कार्यान्वयन नहुने भएको हो ।

शवदाह निःशुल्क बनाउनुअघि मेसिन थप्नुपर्ने आवश्यकता रहेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए । उनका अनुसार
अहिले कोषले शवदाहका लागि ४ वटा मेसिन थप्ने तयारी गरिरहेको छ।

शवदाह गृहमा अहिले भएका ३ मध्ये दुइटा मेसिनले मात्र काम गरिरहेका छन्। आर्यघाटका चितामा दाउराले शव जलाउँदा झन्डै १५ हजार रुपैयाँ लाग्छ। विद्युतीय शवदाह गृहमा साढे ५ हजार भए पुग्छ। ‘पशुपतिमा २०७१ माघमा विद्युतीय शवदाहका लागि दुइटा मेसिन राखिएको थियो।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News