नक्कली भुटानी शरणार्थी प्रकरण : हज कमिटीका अध्यक्ष मिया सिंहदरबारबाट पक्राउ



काठमाडौं, जेठ ४ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले नेपाल हज कमिटीका अध्यक्ष शमसेर मियालाई पक्राउ गरेको छ । प्रहरीले उनलाई सिंहदरबार भित्रैबाटै पक्राउ गरेको हो ।

प्रकरणमा मियाले प्रयोग गर्ने सरकारी गाडी पैसा ओसार्ने काममा प्रयोग गरेको पाइएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रकरणमा पक्राउ पर्ने डरले उनी सम्पर्कविहीन भएका थिए ।

पैसा ओसार्न प्रयोग गरिएको भन्दै प्रहरीले उनले प्रयोग गर्ने बा.१झ १५८१ नम्बरको सरकारी गाडी समेत बरामदसमेत गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News