श्रीमतीको हत्या गरी शव सेफ्टी ट्यांकीमा फाल्ने फरार अभियुक्त पक्राउ



रोल्पा, जेठ ४ । रोल्पामा आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका अभियुक्त पक्राउ परेका छन्। जिल्लाको सुनछहरी गाउँपालिका–६, फागामका ३९ वर्षीय गर्भे विक पक्राउ परेका हुन्।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जेठ २ गते काठमाडौंको चन्द्रागिरि महानगरपालिका–१० सतुंगलबाट पक्राउ गरेको हो।

उनले श्रीमती २६ वर्षीष केशु विकको हत्या गरेको आरोप छ। प्रहरीका अनुसार २०७९ फागुन २० गते उनले श्रीमतीको हत्या गरी कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ५, चन्द्रौटास्थित एक भवनको सेफ्टी ट्यांकीमा फ्याँकेका थिए।

पक्राउ परेका उनलाई आवश्यक कानूनी कारबाहीका लागि वडा प्रहरी कार्यालय चन्द्रौटा, कपिलवस्तु पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News