लडाकूको शिविरमा भ्रष्टाचार गरेको आरोप पूर्वाग्रही : प्रधानमन्त्री

काठमाडौं, जेठ, ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्व लडाकूको शिविरमा दोषी देखिए कारबाही भोग्न तयार भएको बताएका छन् । उनले यस विषयमा आफूमाथि लगाइएको आरोप पूर्वाग्रही भएको बताए ।
संसदमा बिहीबार भएको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री प्रचण्डले यस विषयमा कसैले दिएको उजुरीमा दोषी देखिए आफू जेल जान समेत तयार रहेको बताए ।
पूर्व लडाकू शिविरको भौतिक पूर्वाधार र रासन पानीका लागि दिएको सम्पूर्ण रकमको अडिट रेकर्ड नै रहेको बताए ।
प्रकाशित मिति: ४ जेष्ठ २०८०, बिहिबार