एकीकृत समाजबादीका सचिवसहित केन्द्रीय नेताहरु एमाले प्रवेश



दाङ, जेठ ६ । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सचिव भागवत विश्वासीसहित केन्द्रीय नेताहरु एमालेमा प्रवेश भएका छन्। एमाले महासचिव शंकर पोखरेलले समाजवादीका नेताहरुलाई आज तुलसीपुरमा पार्टी प्रवेश गराएका हुन्।

सचिव विश्वासीसँगै नेकपा एसका केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी, केन्द्रीय सदस्य शारदा स्वर्णकार, लुम्बिनी प्रदेश कमिटी सदस्य अमित शर्मा, दाङ जिल्ला अध्यक्ष सुरामणि बेल्वासे, उपाध्यक्ष चूर्णबहादुर वली, सचिव डिल्ली डाँगी र उपसचिव जानका रेग्मीसहितका नेताहरू एमालेमा फर्किएका हुन्।

जिल्ला कमिटीका अधिकांश सदस्य पनि एमालेमा फर्किएका छन्। पार्टी प्रवेशपछि विश्वासीले नेकपा एस कांग्रेस र माओवादीको पुच्छर बनेकाले आफूहरू एमालेमै फर्किएको बताए।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News