बागमतीमा मन्त्रालय फुटाएर मिलाइयो भागबण्डा


 


मकवानपुर, जेठ ७ । बागमती प्रदेशमा सरकार विस्तारका लागि सत्तारुढ गठबन्धनबीच मन्त्रालय फुटाएर भागबण्डा टुङ्ग्याउने सहमति भएको छ । बागमती प्रदेशमा ११ मन्त्रालय रहेकोमा एउटा मन्त्रालय फुटाएर कुल १२ मन्त्रालय बनाउने सहमति भएको हो ।

सहमति जसअनुसार नेपाली कांग्रेसले ६ वटा मन्त्रालय पाउने भएको छ । हाल सरकारमा माओवादी केन्द्रका मुख्यमन्त्रीसहित चार मन्त्री सरकारमा छन् । यस्तै कांग्रेसबाट दुई जना सहभागी भइसकेका छन् ।

मन्त्रिपरिषद विस्तारका क्रममा नेकपा माओवादी केन्द्रले मुख्यमन्त्रीसहित ४ र नेकपा एकीकृत समाजवादीले दुई मन्त्रालय पाउने भएको छ । भागबण्डा मिलेसँगै आजै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी भइरहेको बताइएको छ ।

यस्तै, नेकपा एकीकृत समाजवादीबाट दुई जना मन्त्री बन्ने छन् । स्रोतका अनुसार नेकपा एकीकृत समाजवादीलाई कृषि तथा पशुपक्षी मन्त्रालय र श्रम, रोजगार तथा यातायात मन्त्रालय दिइने भएको हो । यस्तै, कांग्रेसलाई वन तथा वातावरण मन्त्रालय, पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय र स्वास्थ्य मन्त्रालय दिने सहमति भएको छ । कांग्रेसका एक मन्त्रीलाई भने पछि विभागीय जिम्मेवारी दिइने जनाइएको छ ।

प्रकाशित मिति: ७ जेष्ठ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्