बलात्कार आरोपमा पूर्वक्याम्पस प्रमुख पक्राउ

दाङ, जेठ ८ । दाङमा बलात्कारको आरोपमा देउखुरी बहुमुखी क्याम्पसका प्राध्यापक तथा पूर्वक्याम्पस प्रमुख शेषमणि गौतम पक्राउ परेका छन् ।
आइतबार दिउँसो २१ वर्षीया युवतीलाई आफ्नै घरमा बोलाई बलात्कार गरेको आरोपमा लमही नगरपालिका–५ रातोडाँडास्थित उनकै निवासबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिए ।
पीडितले दिएको उजुरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । अदालतमा म्याद थप गरेर अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ८ जेष्ठ २०८०, सोमबार