बाराको सुवर्णपुरमा गाउँपालिका कार्यालय तोडफोड, १० सेल अश्रुग्यास प्रहार



बारा, जेठ ८ । प्रधानाध्यापक सरुवाको विषयलाई लिएर बाराको सुवर्णपुर गाउँपालिका कार्यालयमा तोडफोड गरिएको छ ।

हर्दिया माविका प्रधानाध्यापक रामएकवाल प्रसाद, देवापुर वहुर्आका प्रधानाध्यापक चन्देश्वरप्रसाद यादव, नेराप्रावि मझरीका प्रधानाध्यापक धर्मेन्द्रप्रसाद यादव र कवही जगाद माविका प्रधानाध्यापक नथुनीप्रसाद यादवलाई गाउँपालिकाले सरुवा गरेपछि विद्यार्थी र असन्तुष्ट समूहले गाउँपालिका कार्यालयमा तोडफोड गरेका हुन्।

गाउँपालिका अध्यक्ष राजेशप्रसाद यादव, उपाध्यक्ष पुनम कुमारीको कार्यकक्ष तोडफोडसँगै कागजपत्रमा बाहिर ल्याएर आगो लगाउन थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रहरीले १० सेल अश्रुग्यास प्रहार गरेको छ।

विद्यार्थीसहित आक्रोशित समूहले तोडफोड, आगजनीसँगै १० वटा मोटरसाइकल तोडफोड गरेका छन्। सोमबार गाउँ कार्यपालिकाको आकस्मिक बैठक बसिरहेका बेला बाहिर विद्यार्थी र प्रदर्शनकारीले नाराबाजी र तोडफोड गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News