मनोहरा क्षेत्रको अतिक्रमित संरचनामा बालेनको डोजर

काठमाडौं, जेठ ९ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सार्वजनिक जग्गामा बनाइएका अनाधिकृत संरचना हटाउने कार्यलाई निरन्तरता दिएका छन् ।
यसैक्रममा महानगरले मनोहरा जग्गा एकीकरणमा रहेका अनाधिकृत संरचना हटाएको छ । जग्गा एकीकरणमा निर्माण भएका ६ वटा घर टहरा हटाएको महानगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए ।
अर्यालका अनुसार एकीकरण अन्तर्गतको सडकको फुटपाथमा अतिक्रमण गरेर बनाएका भर्याङ, पेटी लगायत संरचना पनि महानगरले हटाएको छ ।
प्रकाशित मिति: ९ जेष्ठ २०८०, मंगलबार