आईजीपी कुँवरलाई पनि निलम्बन गरि छानविन गर्न माग



काठमाडौं, जेठ १० । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले नेपाल प्रहरीका प्रहरी प्रमुख बसन्त कुँवरलाई निलम्बन गर्न माग गरेका छन् ।

आजको प्रतिनिधिसभाको बैठकमा भएको नीति तथा कार्यक्रममा भएको छलफलमा बोल्दै सांसद् शाहीले शरणार्थी प्रकरणको सम्बन्धमा कुँवरको नाम मुछिएको भन्दै उनलाई निलम्बन गरेर छानबिन गर्न माग गरेका हुन् ।

उनले तीन दलका नेताहरु बसेर मुद्दा कमजोर पार्ने काम भइरहेको आरोपसमेत लगाए । अहिले आईजीपीका बारेमा पनि कुरा बाहिर आएको भन्दै उनले निलम्बन गरेर छानविन गर्नुपर्ने धारणा राखे ।

कसैलाई कानून लाग्ने र कसैलाई नलाग्ने भन्ने नहुने भन्दै उनले भने, ‘आज नेपाल प्रहरीका आइजीपीका बारेमा पनि पत्रपत्रिकामा आइरहेको छ । एउटा कर्मचारीलाई निलम्बन गरेर छानबिन गर्ने कि नगर्ने ? त्यतिमात्र हैन, अन्य नेताहरूको आइरहेको छ । तिनीहरूलाई के गर्ने ?’ उम्काइदिने ?’

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News