ओलीका पीए बज्राचार्यको स्पष्टोक्ति : केशव दुलालसँग चिनजान छैन


 


काठमाडौं, जेठ १० । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडिएकोप्रति आपत्ति जनाएका छन् ।

उक्त प्रकरणमा दुलालले आफ्नो नाम जोडेपछि आएको समाचारको खण्डन गर्दै बज्राचार्यले सामाजिक सञ्जालमार्फत आफ्नो स्पष्टोक्ति दिएका हुन् । दुलालले बज्राचार्यलाई १ करोड दिएको भनि बयान दिएको आरोप लगाएका छन् ।

उक्त आरोपमा उनले केशव दुलाललाई नचिन्ने स्पष्ट पारेका छन् । चिनजान नै नभएको व्यक्तिले आफ्नो नाम पोलेकोमा उनले आश्चार्य प्रकट गर्दै किन नाम पोले र पोल्न लगाइयो भन्ने बुझ्न नसकेको उनले बताएका छन् ।

उनले लेखेका छन्– ‘अभियुक्त केशव दुलालसँग मेरो चिनजान छैन। चिनजान नै नभएको व्यक्तिले मसँग सरोकार नै नभएको र मलाई थाहै नभएको विषयमा किन मेरो नाम पोले र किन पोल्न लगाइयो, त्यसको कारण पनि मैले बुझ्न सकेको छैन। नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने कुरा मलाई थाहा भएको विषय पनि होइन र मैले बुझेको विषय पनि होइन। मैले नचिनेको व्यक्तिले दिएको र दिन लगाइएको बयानका आधारमा मेरो चरित्रहत्या हुनेगरी समाचार सम्प्रेषण नगरिदिनुहुन म सबै सञ्चार माध्यमहरुलाई हार्दिक अनुरोध गर्दछु ।’

प्रकाशित मिति: १० जेष्ठ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्