रवि लामिछानेको मुद्दामा सुनुवाइ मिति तोकियो


 


काठमाडौं, जेठ १० । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको रिटमा १७ गते सुनुवाई हुने भएको छ । लामिछानेको सांसद पद खारेज हुनुपर्ने माग गर्दै युवराज पौडेल सफलले सर्वोच्चमा रिट लगेका थिए ।

उनको रिटलाई गत वैशाख २८ गते सर्वोच्चले दरपीठ गरेको थियो । दरपीठविरुद्ध निवेदन दर्ता गराएपछि हिजो न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले रिट दर्ताको आदेश दिएको थियो ।

आज सर्वोच्चले निर्वाचन आयोगलाई विपक्षी बनाउँदै १७ गतेका लागि सुनुवाई तोकेको हो ।

प्रकाशित मिति: १० जेष्ठ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्