देउवा, ओलीदेखि आरजु र मञ्जुसम्मलाई पक्राउ गर्न माग गर्दै गृहमन्त्रालयमा उजुरी


 


काठमाडौं, जेठ १० । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीदेखि कांग्रेस नेतृ आरजु राणालगायतलाई कारबाही गर्न माग गर्दै गृहमन्त्रालयका उजुरी परेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा उनीहरुको संलग्नता रहेको आरोप लगाउँदै युवराज पौडेल सफलले आज (बुधबार) गृहमन्त्रालयमा उजुरी दर्ता गराएका हुन् ।

उनले पूर्वप्रधानमन्त्री द्वय देउवा र ओलीसहित देउवा पत्नी आरजु, मञ्जु खाँण, पूर्वगृहमन्त्री रामबहादुर थापा बादल, बादल पत्नी नैनकला थापा, तत्कालिन गृहसचिव प्रेमकुमार राई, ओलीका स्वकीय सचिव अजय क्रान्ति शाक्य र राजेश बज्राचार्यसहितलाई पक्राउ गरि अनुसन्धान गर्न माग गरेका छन् ।

यस्तै उनले यस प्रकरणमा नाम मुछिएका आईजीपी बसन्तबहादुर कुँवरलाई पनि बर्खास्त गर्दै अनुसन्धान गर्न माग गरेका छन् । उनले नेपाल समाजबादी मोर्चाको तर्फबाट उजुरी दर्ता गराएका छन् ।

प्रकाशित मिति: १० जेष्ठ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्