आफूविरुद्ध पुनः मुद्दा परेपछि जंगिए रवि– घण्टीले बजाउन पनि मिल्छ


 


काठमाडौं, जेठ ११ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफुविरुद्ध पुनः सर्वोच्च अदालतमा मुद्दा दर्ता भएपछि मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु अगल कुरा भएको बताएका छन् ।

आज सामाजिक सञ्जाल मार्फत लामिछानेले आफुविरुद्ध निरन्तर मुद्दा दर्ता गरेर इरिटेटे बनाएको टिप्पणी गरेका छन् । उनले आफूले सबै प्रमाण सम्बन्धीत ठाउँमा बुझाइसकेको दाबी गरेका छन् ।

उनी लेख्छन्
मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सिमा हुन्छ।
१.सर्वोच्च अदालतको मिति २०७९/१०/१३को फैसलाको प्रकरण नं.२२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य उल्लेख गरेको छ।
२. अमेरिकि नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौमा पेस गरि नेपाली नागरिकता पुन कायम गराएको छु ।
३. अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले मिति २०८०/०२ र ०९ मा सर्वोच्च अदालतमा बुझाइसकेको छु। यसको जानकारी र सक्कल बमोजिम नक्कल मिती २०७५/०३/०६ मा अध्यागमनलाई सप्रमाण बुझाइसकेको थिएँ। टेलिभिजनबाट घोक्रो सुक्ने गरि सप्रमाण बोलिसकेको थिएँ।
४. घण्टीलाई बजाउन मात्र होइन घण्टीले बजाउन पनि मिल्छ ।

उनीमाथि सांसद पदको योग्यतामाथि प्रश्न उठाउँदै पुनः हिजो युवराज सफलले सर्वोच्चमा अर्को रिट दायर हालेका छन् । उनको रिटमा आगामी जेठ १७ गते सुनुवाइ तोकिएको छ ।

प्रकाशित मिति: ११ जेष्ठ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्