कैलालीको कैलारी गाउँपालिकामा तनाव, स्थिति नियन्त्रणमा लिन प्रहरी परिचालन



धनगढी, जेठ ११ । कैलालीको कैलारी गाउँपालिकामा नेपाली कांग्रेस निकट नेता कार्यकर्ताले पालिकाको कार्यालय घेराउ गरेका छन् । नेपाली कांग्रेसबाटै निर्वाचित जनप्रतिनिधिले नेतृत्व गरिरहेको गाउँपालिकाको कार्यालयलाई कांग्रेसकै असन्तुष्ट पक्षहरुले कार्यालय घेराउ गरेका हुन् ।

उनीहरुले नाराबाजीसहित कार्यालय घेराउ गरेपछि तनाव उत्पन्न हुँदा प्रहरी परिचालन गरिएको छ । बजेट कार्यक्रम विनियोजनमा अध्यक्ष राजसमझ चौधरीको मनलाग्दी भएको र गाउँपालिकामा सुशासन नभएको तथा अपारदर्शी रूपमा खर्च हुने गरेको भन्दै घेराउ गरिएको कुरा असन्तुष्ट पक्षबाट आएको कैलारी गाउँपालिकाको ६ नं. वडाध्यक्ष प्रेमबहादुर चौधरीले जानकारी दिए ।

असन्तुष्ट समूहको नेतृत्व पालिका प्रवक्ता समेत रहेका वडा नं. ७ का वडाध्यक्ष दीपेन्द्र बमले गरेको बताइएको छ । यसैबीच नेपाली कांग्रेसका जिल्ला सभापति नारायण दत्त भट्ट, उपसभापति खेमराज चौधरी, नेतृ रीता चौधरी, पालिका सभापति कृष्ण चौधरीसहित पालिका अध्यक्ष राजसमझ चौधरी, उपाध्यक्ष भागवती चौधरीसहित वडाध्यक्षहरु र असन्तुष्ट पक्षबीच छलफल चलिरहेको बताइएको छ ।

प्रदर्शनपछि कर्मचारीलाई कार्यालय निकालिएको छ । जसले गर्दा पालिकाको कामकाज ठप्प भएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News