नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष अनुसन्धान गर्न युवा संघको माग



काठमाडौं, जेठ ११ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष ढंगले अनुसन्धान प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।

आज उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आठ बुँदे माग पत्र बुझाउँदै युवा संघले नक्कली भुटानी शरणार्थी प्रकरण निष्पक्ष रुपमा अनुन्धान गर्न आग्रह गरेको हो ।

यो प्रकरणमा एमाले नेताहरु र अख्तियारका प्रमुख आयुक्तलाई समेत बदनाम गराउन खोजिएको भन्दै युवा संघले दोषीलाई उम्काउने र निर्दोषलाई फसाउन खोजिएको आरोप लगाएको छ। युवा संघले यस प्रकरणमा राजनीतिक रंग नदिन माग गरेको छ ।

अनुसन्धानको क्रममा पक्राउ परेका आरोपीले नाम लिएका सबैलाई र गोपनीयता भंग गर्नेहरुलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने उसको माग छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News