गिभिनाले नर्सहरूसँग मागिन् माफी, विवाद समाधान



काठमाडौं, जेठ ११ । सामाजिक अभियन्ता गिभिना मगरले नर्सहरूसँग माफी मागेकी छिन् । केही दिनअघि भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको इमर्जेन्सी कक्षमा कार्यरत नर्स र गिभिनाबीच भएको विवादमा उनले माफी मागेकी हुन् ।

क्यान्सरको उपचाररत बालिकालाई लिएर अस्पताल पुगेकी गिभिनाले बिरामी बालिकालाई नर्सहरूले समयमा खोप र औषधि नदिएको आरोप लगाउँदै टिकटकमा लाइभ गरेपछि विवाद भएको थियो ।

भिडियो भाइरल भएपछि सर्वसाधारणले नर्स र नर्सिङ प्रेसाप्रति नै अश्लील गाली–गलौज गरिरहेका छन् । गिभिनाको कार्यले नर्सहरूको चरित्र हत्या गरेको भन्दै नर्सहरू अन्दोलनमासमेत उत्रिएका थिए ।

नर्सहरू आन्दोलनमै उत्रिएपछि गिभिनाले सार्वजनिक रूपमा माफी मागेकी हुन् । उनले आफू र नर्सबीच मिसअन्डरस्ट्यान्डिङ भएको थियो र आफू भावनामा डुबेँको उनले बताएकी छिन् ।

गिभिनाले आफ्नो उद्देश्य नर्सहरुलाई गलत देखाउनु नरहे पनि भूलवश गल्ती भएको स्वीकार गरेकी छन्। साथै उनले आगामी दिनमा यस्तो गल्ती नदोहोरिने प्रतिबद्धता पनि व्यक्त गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News