मौलिक शैलीको नमूना गाउँ बनाउँदै दीपकराज गिरी


 


काठमाडौं, जेठ ११ । चलचित्र अभिनेता दीपकराज गिरी मौलिक शैलीका घर निर्माण गर्ने भएका छन् । उनले आफू जन्मिएको गाउँ काठमाडौंको चन्द्रागिरी नगरपालिका–१ को दहचोकस्थित झिंगटी घर टोलमा मौलिक कलाशैली झल्किने ३० वटा घर निर्माणको योजनामा भएका छन् ।

उनी यी घरलाई ‘भक्तपुर’ र ‘बन्दीपुर’जस्तो नमुना थलो बनाउन चाहन्छन् । एकातिर सम्पदा संरक्षण र पर्यटन, अर्कोतिर फिल्म छायांकन गर्ने उद्देश्यले दीपक नमुना गाउँ बनाउन कस्सिएका हुन् ।

‘छक्कापञ्जा ४’पछि दीपकराज गिरीको व्यस्तता निकै चुलिएको छ । एकातिर उनी भदौदेखि छायांकन सुरु हुने फिल्मको तयारीमा व्यस्त छन् भने अर्कोतिर उनी आफ्नै लगानीको मल्टिप्लेक्स फिल्म हललाई सञ्चालनमा ल्याउने हतारोमा छन् ।

प्रकाशित मिति: ११ जेष्ठ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्