बिक्री नभएपछि बन्दागोभीको माला लगाएर सडकमा



नुवाकोट, जेठ ११ । उत्पादन गरेको बन्दागोभी बिक्री नभएपछि त्यसैको माला बनाएर एक किसान काठमाडौंको सडकमा आएका छन् । नुवाकोटको बेलकोगढी नगरपालिकाका किसान रामप्रसाद सुवेदीले बन्दाको माला लगाएर काठमाडौंको सडकमा परिक्रमा गरेका हुन् ।

उनले आफूले उत्पादन गरेको बन्दागोभीले भाउ नपाउने र नबिक्ने भएपछि विरोधको शैलीमा काठमाडौं उपत्यकामा बन्दाको माला लगाएर हिँडेको बताए ।

उनले भने, ‘यो मेरो उत्पादन अर्गानिक हो, तर न बिक्छ न भाउ छ । किसानको दुःख कसले नदेखेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News