स्कारपियो दुर्घटना हुँदा बालकको मृत्यु, चालक घाइते



ताप्लेजुङ, जेठ ११ । ताप्लेजुङमा आज (बिहीबार) बिहान स्कारपियो जिप दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । जिल्ला सदरमुकामस्थित फुङ्लिङ नगरपालिका –६ मा मे १ च ७३५३ नम्बरको स्कारपियो दुर्घटना हुँदा पाँच वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा फुङ्लिङ नगरपालिका –६ का सागर गुरुङका नाबालक छोरा अंशुमन गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक राजन लिम्बूले जानकारी दिए । उनका अनुसार गम्भीर घाइते बालकलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा चालक कृष्ण गुरुङ घाइते भएका छन् । उनको आँखालगायत शरीरका अन्य भागमा चोट लागेको छ । उनको हाल जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

गुम्बाबाट फुङ्लिङ बजारको पराजुली चोकतर्फ आउने क्रममा अनियन्त्रित भई स्कारपियो दुर्घटना भएको बताइएको छ । जिप करिब एक सय मिटर तल झरेको छ । घटनाको विषयमा अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News