एमालेले भोलिदेखि स्थानीय तहका पदाधिकारीहरुलाई अनुशिक्षण दिँदै



काठमाडौं, जेठ ११ । नेकपा एमालेले जेठ १२ र १३ गते स्थानीय तहका पदाधिकारीहरुलाई अनुशिक्षण दिने भएको छ।

उक्त अनुशिक्षण कार्यक्रम पार्टी कार्यालय च्यासलमा राखिएको प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिए । उनका अनुसार अनुशिक्षणको तुलसीलाल स्मृति हल च्यासलमा बिहान १०ः३० बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

स्थानीय तहमा निर्वाचित उनीहरुको एक वर्षे अनुभव सुन्दै विकासको एकीकृत अवधारणासहित देशभरी कसरी काम गर्ने भन्ने विषयमा छलफल हुनेछ।

कार्यक्रममा विभिन्न विषयमा विषयविज्ञले आफ्ना अवधारणाहरु समेत राख्ने कार्यक्रम रहेको प्रचार विभाग सचिव विष्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News