आज पनि घट्यो सुनको मूल्य
काठमाडौं, जेठ १२ । नेपाली बजारमा सुनको मूल्य आज (शुक्रबार) पनि घटेको छ । सुन आज तोलामा पाँच सय रुपैयाँ घट्दै प्रतितोला एक लाख आठ हजार तीन सय रुपैयाँमा झरेको छ ।
सुन हिजो प्रतितोला एक लाख आठ हजार आठ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला एक हजार तीन सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।