महालक्ष्मी विकास बैङ्क ३० औँ वर्ष प्रवेशका अवसरका विविध कार्यक्रम


 


काठमाडौं, ७ जेठ । महालक्ष्मी विकास बैङ्क आजदेखि ३० औँ वर्षमा प्रवेश गरेको छ ।
वार्षिकोत्सवको अवसरमा बैंकले वित्तीय साक्षरता ¥याली तथा आफ्ना ८ वटा शाखाहरू मार्फत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । यसका साथै स्वास्थ्य तथा आँखा शिविर, महालक्ष्मी कर्पोरेट क्रिकेट लिग – २०२४, श्रृङ्खला–३ लगायत विभिन्न कार्यक्रमहरू गरी ३० औँ वार्षिकोत्सव सम्पन्न गरिनेछ ।
बैंकले वार्षिकोत्सवको अवसरमा जेठ ६ गते, आइतबार ८ शाखा कार्यालय मार्फत रक्तदान कार्यक्रम सम्पन्न गरी कुल २ सय ९५ पिन्ट रगत संकलन गरेको छ ।
त्यस्तै केन्दि«्रय कार्यालय, प्रादेशिक कार्यालयहरू तथा शाखा कार्यालयका कर्मचारीहरूको सहभागितामा जेठ ५ गते बिहान वित्तीय साक्षरता सहितको प्रभातफेरी गरेको छ । प्रभातफेरीमा बैंकिङ्ग सेवाहरू मोवाईल बैङ्किङ्ग, स्मार्ट क्युआर, निक्षेप, कर्जा, विप्रेषण आदिसँग सम्बन्धित प्लेकार्डहरूको प्रयोग गरिएको थियो ।
बैंकले जेठ ७ गते, केन्द्रि«य, प्रादेशिक तथा शाखा कार्यालयहरू मार्फत देशको भौगोलिक र सांस्कृतिक अवस्थाको उजागर गर्न कर्मचारीहरूलाई स्थानिय भेषभूषामा बैङ्कमा उपस्थित गराएर साँस्कृतिक कार्यक्रम गरेको छ ।
त्यसैगरि बैङ्कको केन्द्रि«य कार्यालय दरबारमार्गमा जेठ ८ गते स्वास्थ्य शिविर र जेठ ९ गते आँखा शिविर सञ्चालन गरिने र विगत २ वर्षदेखि सुरुवात गरिएको महालक्ष्मी कर्पोरेट क्रिक्रेटको तेस्रो श्रृङखला (महालक्ष्मी कर्पोरेट क्रिकेट लिग – २०२४, श्रृङखला– ३) १६ टिमको सहभागितामा जेठ २२, २३ र २४ गते सञ्चालन गरिने बैङ्ले जनाएको छ ।
“सबल बैङ्क, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै विगत ३० वर्षदेखि वित्तीय सेवा प्रदान गर्दै आएको यस बैङ्कको देशभर १ सय ३ वटा शाखा र ७ लाखभन्दा बढी ग्राहकहरू रहेका छन् ।

प्रकाशित मिति: ७ जेष्ठ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्