यस्तो छ आज विदेशी मुद्राको विनिमय दर


 


काठमाडौं, जेठ १२ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०९ पैसा र बिक्री दर १३२ रुपैयाँ ६९ पैसा तोकिएको छ । युरो एकको खरिद दर १४१ रुपैयाँ ६५ पैसा र बिक्री दर १४२ रुपैयाँ ३० पैसा रहेको छ ।

यसैगरी बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ २४ पैसा र बिक्री दर १६३ रुपैयाँ ९८ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २३ पैसा र बिक्री दर ३६ रुपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

विदेशी मुद्राको विनिमय दर

प्रकाशित मिति: १२ जेष्ठ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्