पशुपतिको जलहरीको कुरो उठेपछि एमालेद्वारा संसद अवरोध, बैठक स्थगित



काठमाडौं, जेठ १२ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभा बैठक अवरोध गरेको छ। आज (शुक्रबार)को बैठक सभामुखले सुरू गर्नेबित्तिकै एमालेका सांसदहरूले उठेर अवरोध गरेका हुन् ।

सभामुखले आफ्ना कुरा राख्न दिएपछि एमाले प्रमुख सचेतक पदम गिरीले पशुपतिको मन्दिरको गजुरका विषयमा सत्तापक्षीय सांसदले एमालेलाई आधारहीन आरोप लगाएको भन्दै आक्रोश पोखे । उनले आरोप लगाइएको उक्त रेकर्ड हटाउनुपर्ने र सांसदले माफी माग्नुपर्ने अडान लिए।

यसअघि प्रतिनिधि सभामा बोलेका नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमाले सरकारले पशुपतिमा सुनको जलहरि राख्ने भनेर पित्तलको जलहरि राखी भ्रष्टाचार गरेको आरोप लगाएका थिए।

सभामुखले माओवादी प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएपछि एमाले सांसदहरूले नाराबाजीसमेत गरेका छन्। नाराबाजी गर्दै अवरोध गरेपछि सभामुखले २० मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News