२० मिनेटका लागि स्थगित संसद् बैठक अझै सुरू भएन, सर्वदलीय बैठक जारी



काठमाडौं, जेठ १२ । नेकपा एमालेले अवरोध गरेपछि २० मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक अझै बस्न सकेको छैन । बैठक स्थगित गरेको एक घण्टा पुगेपनि बैठक बस्न नसकेको हो ।

जेठ १० गते माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार रहेका बेला पशुपतिको जलाहरी लगाउँदा अनियमितता भएको भनी प्रश्न गरेपछि आजको बैठक सुरु हुने वित्तिकै एमालेले संसद बैठक अवरुद्ध गरेको थियो ।

एमालेको अवरोध पछि छलफल गर्न भन्दै सभामुख देवराज घिमिरेले बैठक २० मिनेटका लागि स्थगित गरेका थिए । प्रतिनिधिसभामा पशुपतिको जलहरीबारे प्रश्न उठेपछि त्यस विषयमा सर्वदलीय बैठक जारी छ ।

एमालेले गलत आरोप लगाइएको भन्दै प्रतिनिधिसभाको बैठक नै अवरुद्ध गरेपछि समाधानको उपाय खोज्न सर्वदलीय बैठक बसेको हो । सभामुखको कार्यकक्षमा सबै दलका प्रमुख सचेतक र ठूला दलका सचेतकहरु सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News