अवैध उत्खनन् रोक्न गएका प्रहरीमाथि नै कुटपिट, सात जना पक्राउ



ढल्केवर, जेठ १२ । धनुषामा अवैध उत्खनन रोक्न गएका प्रहरीमाथि नै कुटपिट भएको छ । बिहीबार राति मिथिला नगरपालिका –५, श्रीपुरस्थित औरही खोलामा भइरहेको अवैध उत्खनन् रोक्न पुगेका प्रहरीमाथि कुटपिट भएको हो ।

अवैध उत्खनन्कर्ताको आक्रमणबाट एक जना प्रहरी जवानमाथि चोट लागेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले बताए । अवैध उत्खननकर्तालाई नियन्त्रणमा लिने क्रममा धक्कामक्का हुँदा एक प्रहरी जवानलाई चोट लागेको उनले बताए ।

उनले प्रहरीलाई धम्की दिने तथा अवैध उत्खनन्मा संलग्न रहेको आरोपमा सात जनालाई पक्राउ गरिएको जानकारी दिए। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको भन्दै पक्राउ परेकाहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।

रातिको समयमा उत्खनन गरिरहेको सूचना प्राप्त भएपछि रोकथाम गर्न जिल्लाबाट खटिएका प्रहरी टोली खोलामा पुगेको थियो । प्रहरीले खोलाबाट एउटा ट्याक्टरसमेत नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News