वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौं, जेठ १२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदै गरेका अवस्थामा पक्राउ परेको जनकपुरधाम उपमहानगरपालिका –११ का वडाअध्यक्ष र सचिवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले जग्गा दर्ता सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस माग्दै गरेका आधारमा आयोगको बर्दिवास कार्यालयबाट गएको टोलीले वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडा सचिव माधवकुमार रायलाई ५० हजार रुपियाँ घुस रकमसहित पक्राउ गरेको थियो ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार आरोपीद्वयलाई बिगोबमोजिम कैद सजाय र बिगो असुलको माग गर्दै आज (शुक्रबार) विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News