संसद बैठक अनिश्चित, सर्वदलीय बैठकमा पनि जुटेन सहमति
काठमाडौं, जेठ १२ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेपछि रोकिएको आजको संसद बैठक अनिश्चित बनेको छ । एमाले सांसदहरुले संको नाराबाजीपछि सुरुमा २० र पछि सूचना टाँस गरेर ३ बजेका लागि बस्ने भनिएको बैठक अझै बस्न सकेको छैन ।
एमाले सांसदहरुले पशुपतिनाथको मन्दिरमा राखेको जहलरीबारे माओवादी सांसद लेखनाथ दाहालले दिएको अभिव्यक्तिमा आपत्ति जनाउँदै संसद बैठक अवरुद्ध गरेका थिए । १० जेठमा बोलेका दाहालले ‘पशुपतिनाथको जलहरी लाउँदा पनि सुन लाउने भनेर पित्तल लाइदिएर गरेका भ्रष्टाचार’ भनेका थिए ।
संसद बैठक स्थगित भएपछि सभामुख देवराज घिमिरेले प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरेका थिए । त्यसमा पनि सहमति जट्न सकेन । एमाले सांसदहरुले माओवादी सांसदले माफी माग्नुपर्ने माग गरे भने माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसदीय छानबिन समिति बनाउने प्रस्ताव गरे । संसद सुचारु गर्न सभामुखले पहल जारी राखेका छन् ।