स्वतन्त्र पाटीको नामबाट अमेरिकाले गतिविधि बढाएको पौडेलको दाबी



सन्धिखर्क, जेठ १२ । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले अमेरिकाले स्वतन्त्र पाटीको नामबाट देशमा आफ्नो साम्राज्यवाद लागू गर्न खोजेको आरोप लगाएकी छिन्।

अमेरिकी साम्राज्यवादको विरुद्धमा राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको मेची महाकाली अभियानको सिलसिलामा अर्घाखाँचीको सन्धिखर्कमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता पौडेलले यस्तो बताएकी हुन्।

एमसीसीको माध्यमबाट अमेरिकी सेनाहरू देशमा भित्रिएको बताउँदै खतरनाक किसिमले अमेरिकाले आफ्ना गतिविधिहरू बढाइरहेको उनले बताइन् । अमेरिकाले नेपालमा बढाएको साम्राज्यवादको विरुद्धमा राष्ट्रिय जनमोर्चाले मेची महाकाली अभियान सञ्चालन गरेको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News