आज थप सात जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, जेठ १२ । नेपालमा पछिल्लो २४ घण्टामा सातजना कोरोना संक्रमित थपिएका छन् ।
७८८ वटा नमुना परीक्षण गर्दा सातजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, आज आठजना संक्रमणमुक्त भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या ३४ मा झरेको मन्त्रालयले जनाएको छ ।