शनिबार यी तीन प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं, जेठ १३ । मौसम पूर्वानुमान महाशाखा नेपालमा पश्चिमी निम्न चापीय प्रणाली र स्थानीय वायुको प्रभाव छ ।
महाशाखाले शनिबार बिहान जारी गरेको मौसम बुलेटिनअनुसार हाल कोशी र बागमती प्रदेशका केही भूभागमा हल्का वर्षा भइरहेको छ। शनिबार कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र देशका अन्य भूभागमा आंशिक देखि सामान्य बदली रहने छ ।
देशको पहाडी भू–भागहरूका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।